TodayPati

जनकपुरधाममा अमरेशको ‘तुमसे ही’ कभर गीत सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, पुस १७ गते ।

अमरेश सिंहको स्वर रहेको रोमान्टिक गीत ‘तुमसे ही’ कभर गीत सार्वजनिक भएको छ ।

इस्वी संवतको नयाँ वर्ष सन् २०२२ को अवसरमा जनकपुरमै रेकर्डिङ गरिएको सो गीत सार्वजनिक गरिएको हो ।

Sponsored

दिपेन्द्र साहको संगीत रहेको गीत बिशेषतः युवा माझ लोकप्रिय हुनेगरि निर्माण गरिएको छ ।

गायक अमरेशका दाई रामवरण महतो गीतको प्रोडयुसर रहेको सो गीतको सुटिङ जनकपुर, ढल्केवर, पोखरिया लायत स्थानमा भएको छ ।

अमरेशको स्वर, संगीत र भिडियोलाई समाजिक संजालमा निकै रुचाइने दावी गरेको छ ।

भिडियोको निर्देशन विरेन्द्र यादवले भिडियो निर्देशन गरेका छन् ।

Sponsored

पेशाले स्वास्थ्यकर्मी अमरेश धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरका स्थायी बासिन्दा हुन् ।

किशोरावस्थादेखि नै गीत–संगीतमा रुची रहेका उनले आत्मनिर्भर बनेपछि मात्र संगीत क्षेत्रमा खुट्टा टेक्ने निधो गरेका थिए ।

‘गीत संगीतमा मेरो रुची पहिलेदेखि नै थियो । तर आत्मनिर्भर भइनसकेपछि मात्र आफ्नो कला देखाउने ठानेको थिए,’ उनले भने ।

युटुबमा गीत सार्वजनिक भएको केही बेरमै आफ्नो कला देखाएर अमरेशले दर्शक तथा श्रोताबाट प्रशंसा बटुलेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यसअघि समेत उनले छठ पर्वको गीत पनि सार्वजनिक गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *