TodayPati

व्यवस्था परिवर्तनमा कलाकारहरुको महत्वपूर्ण योगदान छ : मन्त्री साह

शुभ नारायण यादव-
सप्तरी, पुस १६ गते ।

प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले वर्तमन शासन व्यवस्था परिवर्तन गर्न कलाकारहरुको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा समाजवादी साँस्कृतिक महासंघ सप्तरीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।

Sponsored

मन्त्री साहले पहिचान र अधिकार सुनिश्चितताको संघर्षमा कलाकारहरुको भुमिका अविश्वासनिय रहेको बताए ।

मधेश आन्दोलनलाई अगाडी बढाउँदै उत्कर्ष सम्म पुर्याउनु कलाकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै मन्त्री साहले भने, ‘पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा कलाकार मित्रहरुले गीत–संगित मार्फत आफुलाई थपेको उर्जा अझै सम्झिनै राखेको छु ।’

वर्तमान शासकीय व्यवस्था परिवर्तनमा कलाकारहरुले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले हामी सबैले मिलेर लडेर ल्याएको व्यवस्था अनुसार गठन भएको प्रदेश सरकारले कलाकारहरुको संरक्षण गर्नु दायित्व हुने बताए ।

Sponsored

प्रदेश २ सरकार सरकारले छिट्टै भाषा, संस्कृति प्रतिष्ठान गठन गर्ने बताउँदै मन्त्री साहले कलाकारहरुलाई प्रदेश सरकार तनमन र धनले समेत सहयोग गर्न तत्पर रहेको बताए ।

समाजवादी साँस्कृतिक महासंघका केन्द्रीय सचिव एवम पूर्व सांसद लक्ष्मी चौधरीले जनतामा जनजागरण गराउन तथा पार्टीको विचार उजागर गर्न कलाकारहरुको ठूलो भुमिका हुने बताए ।

समाजवादी साँस्कृतिक महासंघका केन्द्रिय सदस्य गोपाल प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ , समाजवादी विधार्थी संघका केन्द्रिय सदस्य श्याम कुमार यादव, गितकार करुणा झा, कलाकारहरु मुख्तर आलम, सुवास विरपुरिया, निर्मला चौधरी, टिक बहादुर तामाङ, गोपाल झा तेजु मैथिली, देबेन्द्र सोनि, कैलाश झा, भुषन सिंह ९झबर० विरेन्द्र सप्तरीया लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा पहिचानको आन्दोलनमा योगदान गर्ने ढेढ दर्जन कलाकारहरुलाई मन्त्री साहले सम्मान पत्र र गम्छा ओढाएर सम्मान गरेका थिए ।

सम्मानित हुने कलाकारहरुमा करुणा झा, कैलाश झा, तेज मैथिली, विरेन्द्र सप्तरिया, टिक बहादुर तामाङ, सुभानन्द झा, सुवास विरपुरिया, दिल कुमारी चौधरी, लक्ष्मी चौधरी, बद्री नारायण यादव, गोपाल चौधरी, राम कुमार सिंह, राघव झा, फुलेश्वर चौधरी, दिनानाथ चौधरी, गोपाल झा, हरिवंश यादव, निर्मला चौधरी लगायतका रहेका छन् । सो भेलाले सामाजवादी साँस्कृतिक महासंघ जिल्ला कार्यसमिति सप्तरी गठन गर्ने आयोजकले जनाएको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *