TodayPati

कोरोना कहर : विज्ञसमूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने उच्च स्तरीय समितिको निर्णय

टुडेपाटी

जनकपुरधाम, चैत २३ गते ।

कोरोना महामारी नियन्त्रणको लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्च स्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

Sponsored

विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागी विभिन्न सुझाव सहितको प्रतिवेदन बुझाए लगतै बसेको उच्च स्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरहेको मुख्यमन्त्री राउतले बताउनु भएको छ ।

विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकहरुको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेशनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वय सहितलाई समेटेर सुझाव बुझाएका थिए ।

यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यस अघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीहरु संग जवाव समेत मांग्नु भएको थिया्े । प्रदेश सरकारले यस अघि प्रदेश भरिमा ५० वटा भेन्टीलेटर, २ वटा पिसिआर, ८ वटा एम्बुलेन्स र शव बाहन खरिद गर्ने निर्णय गरेको थियो ।

Sponsored

उच्च स्तरीय बैठकमा मुख्यमन्त्री राउत सहित आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारलाई विज्ञ समूहले बुझायो यस्तो प्रतिवेदन

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *