TodayPati

फिलिपिन्समा लकडाउन तोड्नेलाई गोली हानी हत्या

एजेन्सी-

काठमाडौं, चैत २३ गते ।

फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेलाई गोली हानी हत्या गरिएको छ ।

Sponsored

त्यहाँका एक ६३ वर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो ।

ती व्यक्तिलाई प्रहरीले लकडाउन नतोड्न आग्रह गर्दा उनले हँसिया देखाएर प्रहरीलाई धम्की दिएको प्रहरीले जनाएको छ ।

त्यहाँको दक्षिण अगुसान प्रान्तको नासिपित सहरमा बिहीबार ती व्यक्तिले मदिरा सेवन गरी प्रहरीमाथि आक्रमणको प्रयास गरेको जनाइएको छ ।

Sponsored

मास्क नलाएका ती व्यक्तिलाई गाउँका स्वास्थ्यकर्मीले मास्क लगाउन भनेका थिए । त्यसपछि उनी स्वास्थ्यकर्मीसँग रिसाएका थिए ।

प्रहरी र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्न थालेपछि प्रहरीले उनलाई शान्त बनाउन गोली प्रहार गर्दा मृत्यु भएको हो ।

यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनीसमेत दिएका थिए ।

कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि लकडाउन अनिवार्य रहेको र यसका लागि सरकारले दिएको निर्देशन पालना गर्न राष्ट्रपतिले अपिल गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *