TodayPati

जनमत पार्टीद्वारा पूर्वपश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको घोषणा

टुडेपाटी-
जनकपुरधाम, पुस १५ गते ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालीन राजमार्ग बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा. राउतले बुधवार अबेर राति जारी विज्ञप्तीमा पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसाेकाे समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने उल्लेख गरिएको छ ।

Sponsored

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको जनमत पार्टीले जनाएको छ ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाए ।

यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौं राउन्ड अश्रुग्यास प्रहार, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको जनमत पार्टीको ठहर छ ।

Sponsored

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै अनिश्चितकालका लागि राजमार्ग बन्दको घोषणा गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *