TodayPati

जनकपुरधामका महिलाहरूले बनाएको चित्र हुलाक टिकटमा

टुडेपाटी–
काठमाडौँ, पुस १५ गते ।

दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हुलाक टिकटका रूपमा जारी गरेको छ ।

बुधबार मिथिला चित्रकला भएको विभिन्न १७ र अन्य १४ वटा हुलाक टिकट सार्वजनिक गरिएको हो ।

Sponsored

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले टिकटहरू सार्वजनिक गरेका हुन् ।

दिगो विकासका लक्ष्यहरूलाई स्थानीयस्तरमा पनि बुझाउन स्वदेशी कलाको प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आवासीय संयोजक कार्यालयले १७ वटा दिगो विकास लक्ष्यका प्रतीक चिह्नलाई स्थानीय कलाको स्वरूपमा बनाउने काम थालेको थियो ।

यसैअन्तर्गत २०७१ सालमा नेपालस्थित संयुक्त राष्ट्रसंघ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यपछि जनकपुरका स्थानीय महिला कलाकारहरूले चित्रहरू बनाएका हुन् । यिनै चित्रलाई हुलाक टिकटमा समेटिएको हो ।

Sponsored

टिकट सार्वजनिक कार्यक्रममा कार्यवाहक संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रोबर्ट कास्काले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू पूरा गर्न नेपालको प्रतिबद्धतालाई चित्रहरूले प्रतिबिम्बित गर्ने बताए ।

हुलाक टिकटमा समावेश मिथिला चित्रकलाहरूलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले सन् २०१९ मा आयोजना गरेको ‘एसडीजीहरूका लागि कला : मिथिला सम्पदा’ शीर्षकको प्रदर्शनीमा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित मिथिला महोत्सवमा पनि सहभागी गराइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *