भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय
टुडेपाटी–
काठमाडौं, पुस १४ गते ।
भोली सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताइन्।
उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।
Sponsored