TodayPati

१३ हजार भन्दा बढी प्रावि शिक्षकका लागि विज्ञापन आह्वान

टुडेपाटी–
काठमाडौं, पुस १४ गते ।

प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो ।

माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने र त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

Sponsored

आयोगले यसअघि मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *