TodayPati

जनमत पार्टीद्वारा प्रदेश २ को ६ जिल्ला आज बन्दको घोषणा

टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।

सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा आज (बुधबार) प्रदेश २ को ६ वटा जिल्लामा चक्काजामको घोषणा गरेको छ ।

किसानको समस्याप्रति सरकार गम्भीर नबनेको भन्दै आन्दोलन जारी रहेको सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा चक्काजामको घोषणा गरेको हो ।

Sponsored

यस्तै मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा र्‍यालीको कार्यक्रम रहेको जनमत पार्टीको सचिवालयले जनाएको छ ।

जिल्लागत रुपमा पार्टी आन्दोलन कमिटीले चक्काजामको घोषणा र उल्लघंन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

कारबाहीको जिम्मेबार स्वयं हुनु पर्न सचिवालयले समाजिक सञ्जाल मार्फत दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *