TodayPati

स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको काम पुनः सुरु

टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।

सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइको काम पुनः सुरु भएको छ। 

१५ महिनापछि यातायात व्यवस्था विभागले लाइसेन्स छपाइको काम पुनः सुरु गरेको हो।

Sponsored

दैनिक १० हजारसम्म कार्ड छाप्नेगरी व्यवस्था मिलाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए।

लाइसेन्स छपाइको लागि विभागले फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याएको छ। कार्ड अभावमा विभागले लाइसेन्स छपाइको काम रोकेको थियो।

यसअघि विदेश जानेका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो।

Sponsored

विभागका प्रवक्ता भुसालका अनुसार हाल ७ लाखलाई स्मार्ट लाइसेन्स दिन बाँकी छ।  दैनिक ७ देखि १० हजार कार्ड छपाइ गर्ने गरी व्यवस्था मिलाइएको भुसालले जानकारी दिए । 

अहिलेसम्म विभागले २० लाख स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *