TodayPati

रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटनामा मृत्युु हुनेको संख्या ६ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, पुस १३ गते ।

रौतहटमा भएको जन्ती चढेको स्कारपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नौ जना सवार भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय स्कारपियो मंगलबार अपराह्न ४ बजे चन्द्रपुर–गौर सडक खण्डमा दुर्घटनामा परेको हो ।

Sponsored


सुरुमा चारजनाको र उपचारको कममा थप दुईजना गरि ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीनजना गम्भीर घाइते छन् ।

मृत्यु हुनेहरु गढीमाई नगरपालिका–३ गम्हरीया टोल बस्ने शेख मन्जुर को छोरा वर्ष १६ को शेख नैसाद, साबिदको छोरा वर्ष २२ को शेख सैनुल्लाह, वर्ष ५५को डा. मेसाफिर अन्सारी, शेख जाफलको छोरा वर्ष २५ को शेख छोटु, वर्ष १५ को शेख अजिबुल्लाह र नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०-४५ का पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

घाइते सोही स्थानका शेख मोनाजिरको छोरा वर्ष १६ को शेख अलफाजलाई थप उपचारको लाथि वीरगंज पठाइएको छ भने वर्ष १५ को शेख अमानत र वर्ष १७ को शेख करिमुल्लाहको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ।

दुई जना घाइतेको गौरकै ग्राण्डीमा उपचार भइरहेको र एक जनालाई उपचारको लागि वीरगन्ज रिफर गरिएको छ। 

सो गाडी जन्ती बोकेर रौतहटको गढीमाइ नगरपालिका–३ नरकटियनबाट गम्हरियातर्फ आउँदै थियो।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *