TodayPati

सर्लाहीको इश्वरपुरमा निषेधाज्ञा, एसएसपीको कमाण्डमा प्रहरी परिचालन

टुडेपाटी–
सर्लाही, पुस १३ गते ।

सर्लाहीको बयलवासमा प्रदर्शनले उग्ररुप लिन थालेपछि निषेधाज्ञा लगाइएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मी बीच पटक पटक झडप भैरहेको छ ।

Sponsored

प्रदर्शन थप चर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सो क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारीले इप्रका केशरगंज सर्लाहीबाट ईश्वरपुर–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा ईश्वरपुर–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरेका हुन् ।

यस अघि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको थियो । हिजो दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमति नभएकाले आज पुनः वार्ता भैरहएको छ । भने प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउद आलम खाँको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको छ ।

Sponsored

त्यसैगरी सशस्त्र प्रहरीको टोली समेत खटाइएको हो । आज पुनः स्थानीय र प्रहरी बिच झडप भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरी भ्यानको ठक्करबाट एक जना व्यापारीको मृत्यु भएपछि सोमबार र आज दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भएको हो ।

आक्रोशित स्थानीयहरुले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।

पीडित परिवारसँग कुरा गर्न पुगेका ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा चढने ना १ झ १५७० गाडीलाई समेत तोडफोड गरिएको छ भने मेयर देवकोटा माथी हातपात भएको हो । मेयर देवकोटाको घाटिमा चोट लागेपछि उनको महोत्तरीको बर्दिवास स्थीत अस्पतालमा उपचार भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *