सप्तरीमा महिलाको बीभत्स हत्या
शुभ नारायण यादव-
सप्तरी, पुस १२ गते ।
सप्तरीमा एक महिलाको बीभत्स हत्या भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिलाको हत्या भएको हो ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएको अवस्थामा स्थानीय जमाहर यादवकी अन्दाजि ५२ वर्षी या श्रीमती भुटनी देवी यादवको हत्या भएको हो ।
आइतवार बेलुका घरबाट गँहु खेतमा खरानी फाल्न गएको तथा राति अबेरसम्म नआएपछि घरपरिवारका सदस्यहरुले खोजी गर्न शुरु गरेका थए ।
आज बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयहरुले भुटनिको टाउकोमा बियरको बोतलले हानेर हत्या गरेको हुन सक्ने अनुमान गरेका छन् ।
Sponsored
घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको र एउटा फालिएको अवस्थामा फेला परेको छ ।
भुटनिलाई हत्याराहरुले लछार पछार गरि उनले लगाएको नाकको फुल सहित अन्य गरगहना पनि लुटेको पिडितका परिवारजनले जनाएका छन् । भुटनी दुध बेचेर गुजारा गर्दै आइरहेकी थिइन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना कसले र किन गरेको खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यस अघि छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको छ ।
यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको घाँटी रेटी हत्या गरिएको थियो।
पछिल्लो घटनाको सुक्ष्म अनुसन्धान गरी हत्याराहरुलाई पक्राउ गर्न नसकेको कारण हत्याराहरुको मनोबल झन बढदै गएको देखिन्छ। हत्याराहरुले दिनदहाडै खुल्लेआम घाँटी रेटेर हत्या गरिरहेका छन।
यता नेपाल प्रहरीले छिट्टै अनुसन्धान गरी दुबै घटनाको दोषीहरुलाई हत्याराहरुलाई कार्यवाही गर्नुपर्ने तथा सप्तरीको सुरक्षा वयवस्था कडा गर्नुपर्ने स्थानीयबासिहरुले माग गरेका छन ।