TodayPati

प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

टुडेपाटी–
जनकपुरधाम, पुस ११ गते ।

प्रदेश २ सरकारले ल्याएको अध्यादेश बहुमतले स्वीकृत भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अ्रध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरेका हुन् ।

Sponsored

लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । उनले प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरिएको थियो ।

मन्त्री साहले विधेयकको रूपमा आउँदा समय लाग्ने भएकाले सरकारले अध्यादेश ल्याएको बताए ।

यस अघि प्रदेश कृषि विश्वविद्यालय अध्यादेश समेत बहुमतले स्वीकृत भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *