TodayPati

प्रदेश २ मा कोरोना शंकास्प्द करिब २ हजार मानिस क्वारेन्टाइनमा, कालोबजारी गर्ने २५ पक्राउ


टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।

प्रदेश २ मा हालसम्म २ हजार ९ सय १८ बेड क्षमताको १ सय ४२ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । समाजिक विकास मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले प्रदेशका १९ सय ४५ जनालाई क्वारेन्टाइनमा राखिएको बताए ।

उनीहरुमध्ये ८ सय ६५ जना क्वारेन्टाइन र १ हजार ८० जना होम क्वारेन्टाइनमा रहेको उनले बताए । प्रदेशमा हालसम्म ८७ बेड क्षमताको आइशोलेसन वार्ड निर्माण गरिएकोमा २७ जना भर्ना भएका छन् ।

Sponsored

लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकार थप कठोर भएर प्रस्तुत हुने उनको भनाइ छ । हालसम्म लकडाउन उल्लंघन गर्ने २ हजार १ सय ३५ सवारी साधान नियन्त्रणमा लिइएको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ सय ६५ सवारी साधन नियन्त्रणमा लिइएको हो ।


प्रदेश २ मा हालसम्म कालोबजारी गर्ने २५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले लकडाउनको मौका छोपेर कालोबजारी गर्ने व्यक्ति भेटिए सरकारले दिएको नम्बरमा फोन गरेर तुरन्त जानकारी गराउन समेत अपिल गरेका छन् ।

हालसम्म प्रदेश २ मा कोरोना संक्रमित व्यक्ति नभेटिएपनि जाँचलाई तिब्रता दिइएको उनको भनाइ छ । ‘ढुक्कले बस्ने अवस्था पनि छैन् । सचेतना र सतर्कता अपनाउन जरुरी छ,’ उनले भने ।

Sponsored

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमण शंकास्पदा हालसम्म ३४ जना व्यक्तिको स्वाब टेस्ट भएकोमा ६ जनाको रिपोर्ट आएको र बाँकीको रिपोर्ट आउने क्रम जारी रहेको मन्त्रालयका सचिव घिमिरेले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *