TodayPati

कोरोना संक्रमित बलिउड गायिका कनिकाको छैटौं रिपोर्ट ‘नेगेटिभ’

टुडेपाटी-

काठमाडौं, चैत २३ गते ।

गत मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट नेगेटिभ आएको छ ।

Sponsored

कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए ।

तर, अब कनिकाको छैटौं रिपोर्ट भने नेगेटीभ आएको छ । योसँगै उनका आफन्त खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने दिने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटीभ आउनुपर्छ ।

कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटीभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । ४८ घन्टाको अर्को परिक्षण हुनेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *