TodayPati

प्रचण्ड र देउवा ओलीलाई मनाउन बालकोट जाने

टुडेपाटी–
जकपुरधाम, पुस १० गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नआएकाले अब आफुहरु नै बालकोट जाने बताएका छन् ।

शनिवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

Sponsored

अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाएका छन् । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको समेत बताए । उनले कुनै पनि हालतमा संसद विघटन हुन नदिने दृढता व्यक्त गरे ।

एमसीसीका सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए । उनले भने, ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा हामी छौ, तर एमसीसीको बारेमा हरेक पक्षसँग छलफल गरेर अगाडि बढ्न जरुरी छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *