TodayPati

हामी झुटको खेती गर्ने फटाहा सांसद हौं ? : सांसद मन्जु यादव

टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।

नेकपा एकीकृत समाजवादी पार्टीकि प्रदेश २ सांसद मन्जु यादवले लालबाबु राउत सरका झुठको खेती गरिरहेको आरोप लगाएकी छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले नाम र राजधानी चार वर्षसम्म टुंगो नलगाएर सरकार र सांसदहरू जनतामा हावादारी कुरा गरिरेको टिप्पणी गरिन् ।

‘ यस अघि नै मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, यी प्रस्तावित नामहरु सरकार र हामी सांसदले फेल गराएका होइनौं, यही प्रदेशसभा परिसरमा मतदान गरि ड्रमा गरेनौ ? अनि फेरि किन फरक फरक प्रस्ताव ?’ उनले भनिन् ‘सगरमाथाको चुचुरो छुन खोज्ने । तर, हावादारी कुरा गर्ने, जनतामा भ्रम छर्ने, के हामी फटाहा सांसद हौ ?’

Sponsored

उनले एकपटक सबै प्रस्तावित नामहरु फेल भइसक्दा दुई वर्षपछि पुनः छुट्टाछुट्टै त्यहीँ प्रस्ताहरु ल्याउनु उचित नभएको बताइन् ।

‘सरकार र सत्तारुढ दलहरूले फेरि अलग-अलग प्रस्ताव ल्याएर नाटक किन गर्नु पर्यो ? मुख्यमन्त्री मन्त्री खान सहमति हुने । तर, प्रदेशको नामको प्रस्ताव फरक फरक ल्याउने ? त्यसको लागि कमसेकम सत्तारुढ दलहरु समन्वय गरेर एउटा नाम ल्याउनु पर्दैन्थो?’ उनले सदनमा प्रश्न गर्दै भनिन् ‘बरु प्रमुख प्रतिपक्षी दल लोसपाको भूमिका मलाई ठिक लाग्यो, सत्तारुढ दलकै प्रस्तावमा समर्थन गर्यो ।’

प्रदेश २ मै रहेको पुरानो विश्व विद्यालयका कलेजहरु धारासायी भइरहेको बेला त्यसको सुधार नगरी पुन: सदमा छलफलै नगरी अध्यादेश ल्याएर कृषि विश्व विद्यालय स्थापना गर्न लागेकोमा सांसद यादवले आक्रोश पोखिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *