TodayPati

प्रदेश २ को नामाकरणका लागि जानकी प्रदेशमै एमालेको पनि समर्थन

टुडेपाटी–
जनकपुरधाम, पुस ९ गते ।

प्रदेश २ को नामका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’ नाममै आफ्नो समर्थन जनाएको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफुहरुको समर्थन रहेको जनाएकी छिन् ।

पार्टी विभाजन अघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन् ।

Sponsored

आजको प्रदेशसभा बेठकमा बोल्दै नेकपा एमालेकी सांसद शारदा देवी थापाले नेकपा एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताईन् । उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुने समेत दावी गरिन् । उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेशनै दर्ता गराएका थियौँ पछि नेकपा एकिकृत समाजवादी पार्टीले जानकीमै अडेर बस्नुभो, हामी जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छौँ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *