प्रदेश २ को नामका लागि एमाले आज ‘जनक प्रदेश’ प्रस्ताव पेश गर्दै
टुडेपाटी–
जनकपुधाम, पुस ९ गते ।
प्रदेश २ को नामाकरणका लागि आज एमाले आफ्नो प्रस्ताव पेश गर्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट नामाकरणका लागि प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।
एमालेको तर्फबाट प्रदेशसभा सदस्य शारदा देवी थापाले जनक प्रदेश प्रस्ताव पेश गर्नेछिन् भने उनको प्रस्तावको समर्थन अनिता कुमारी यादव र किशोरी साह कमलले गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।
यस अघि बिहिवार बसेको प्रदेशसभाको बैठकमा पाँचवटा प्रस्तावमा चारवटा नाम पेश भएको थियो ।
सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादीको तर्फबाट छुट्टा–छुट्टै मधेश प्रदेश प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले जसपाको प्रस्तावलाई समर्थन गरेका थिए ।
त्यस्तै सत्तारुढ दल कांग्रेसले भने मिथिला भोजपुरा प्रस्ताव पेश गर्दा, नेकपा एसले जानकी प्रदेश प्रस्ताव पेश गरेका थिए ।
Sponsored