कांग्रेस प्रदेश २ अधिवेशन : बिहान साढे ९ बजेदेखि जारी मतदान राति ८ बजे सकियो
टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । आज विहान साढे ९ बजे देखि सुरु भएको मतदात राति ८ बजे सम्पन्न भएको हो । कुल मतदाता १ हजार ९ सय ५१ रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका छन् ।
मतदान सकेपछि आज नै राति ११ बजेदेखि मतगणना सुरु हुने प्रदेश निर्वाचन समितिले जनाएको छ ।
सबैभन्दा पहिले पदाधिकारीको र त्यसपछि सदस्यहरको मतदान हुनेछ ।
७२ सदस्यी कमिटि रहेपनि ५ जना निर्विरोध भएपछि ६७ पदका लागि मतदान भएको हो ।
प्रदेश निर्वाचन समितिका अनुसार धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको हो ।
Sponsored