‘लकडाउन’ मा प्रदेश २ बाट २ हजार गाडी प्रहरी नियन्त्रणमा
टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।
अहिलेसम्मको लकडाउनमा प्रदेश २ बाट ट्राफिक प्रहरी प्रदेश २ को कार्यालय बारा पथलैयाले झण्डै दुुई हजार सवारी साधन नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड-१९) बाट जोगिन सरकारले घोषणा गरेको लकडाउन संगै गत ११ गतेदेखि आइतबार बिहान १० बजे सम्म कुल १ हजार ९ सय ९८ सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रदेश २ का ट्राफिक प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार नियन्त्रणमा लिएका सवारी मध्ये सबभन्दा बढी १ हजार ५ सय ८७ मोटरसाइकल रहेको बताए । सो मध्ये १ हजार ९२ सवारीसाधन कारवाही गरीएको ३ सय २६ नियन्त्रणमा र २ सय ३१ सवारी साधन नियन्त्रणमा रहेको एसपी महतोले जानकारी दिए ।
लकडाउन सुुरुभए विभिन्न सवारीसाधनलाई गरिएको कारवाहीबाट कुल ६लाख ६४ हजार राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालयले जनाएको छ ।
गत ११ गते यता पथलैयास्थित हेल्पडेस्क राखेर ९ हजार ५सय ७२ जना सवारी चालकलाई कारोना भाइरस बारे जानकारी दिइएको छ ।
सोही अवधिमा बिभिन्न जिल्ला प्रशासनको सहकार्यमा ३४२ सवारीसाधन बाट आएका १४ हजार ७ सय ६जना यात्रुुलाई उनीहरुको घरसम्म सेल्फ क्वारेन्टाईनमा पुर्याइएको छ । १२ सवारीसाधनमा आएका ५सयख११ यात्रुुलाई सर्लाही र रौतहट स्थित बिभिन्न क्वारेनटाईनमा पुरयाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ ।
Sponsored