काँग्रेस प्रदेश २ को मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि हुने
टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।
नेपाली काँग्रेसको जनकपुरमा जारी प्रदेश २ को अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान स्थगित भएको छ ।
मतपत्र नछापिएकाले भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले टुडेपाटीलाई जानकारी दिए ।
मंगलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए ।
बुधबार बिहान ८ बजेदेखि मतदानको समयतालिका निर्धारण गरेको थियो ।
तर, परिवर्तन गरि दिउँसो १ बजेबाट हुने निर्वाचन समितिले तय गरेको थियो ।
Sponsored
मतपत्र छपाइमा नै ढिलाइ भएकाले आजको लागि स्थगित भएको जनाएको छ ।