कांग्रेस अधिवेशन : प्रदेश २ मा ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी, भोट भाग्दै दुवै सभापति उम्मेदवार
टुडेपाटी–
जनकपुरधाम, पुस ७ गते ।
नेपाली कांग्रेसको प्रदेश २को नेतृत्वका लागि विभिन्न ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका हुन् ।
यस्तै दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रुपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।
महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समुहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । बिनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । दुई वटा महामन्त्रीका लागि निर्वाचन हुँदैछ ।
Sponsored
दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।
महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादवय उम्मेदवार छन् । भने निधि–कोइराला समूहबाट निर्मला सुवेदी उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जना, प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३, प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५, प्रदेश सदस्य खुल्ला थारु १ पदका लागि २ र प्रदेश सदस्य महिला थारु १ पदका लागि २ जना, प्रदेश सदस्य मुस्लिम खुल्ला २ पदका लागि ५ जना र प्रदेश सदस्य मुस्लिम महिला १ पदका लागि ३ र प्रदेश सदस्य अल्पसंख्यक अपांग १ पदका लागि ४ जनाको उम्मेदवारी परेको हो ।