लोसपाले प्रदेश २ को नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’को लागि सहकार्य गर्ने
टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ को लागि दलहरुसंग सहकार्य अघि बढाउने भएको छ ।
लोसपा संसदीयल दलको बैठकले सो प्रस्ताव उपर सहयोगका लागि प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति अघि बढाउन वार्ता टोलि गठन गरेको हो ।
आगामी बैठकमा प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने गरी छलफल तथा सहमति गर्न लोसपा प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा ७ सदस्य वार्ता टोलि गठन गरेको हो ।
वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी रहेका छन् ।
वार्ता टोलीले सबै दलसँग छलफल संवाद गरी सहमतिमा पुग्ने विश्वास लिएको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।
Sponsored
पुस ८ गते बिहीबार बस्ने प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सरकारले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव लग्ने तयारी गरेको छ ।