TodayPati

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, प्रदेश २ मा जिल्ला अदालत धनुषाका न्यायाधीश

टुडेपाटी–
काठमाडौं, पुस ६ गते ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

निर्वाचन अधिकृतमा प्रदेश–१ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश–२ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र बागमती प्रदेशको लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।

Sponsored

त्यस्तै, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु निर्वाचन अधिकृत नियुक्त भएका आयोगले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *