TodayPati

कांग्रेस प्रदेश २ को सभापतिमा रामसरोज र कृष्णको उम्मेदवारी

टुडेपाटी–
जनकपुरधाम, पुस ६ ।

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर दुवैजनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । रामसरोजलाई नेता विमलेन्द्र निधिको समर्थन छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थ रहेको छ । यद्यपि रामसरोजले आफू कुनै गुटबाट नभइ कांग्रेसबाट उम्मेदवारी दिएको बताए । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । उनले कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिएका छन् ।

Sponsored

यता संस्थापन पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कृष्णले निर्वचित भए कांग्रेसलाई विगत जस्तै प्रदेश २मा मजबुत बनाउने लक्ष्य रहेको बताए ।

निर्वाचनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *