TodayPati

काग्रेस प्रदेश २ को महामन्त्रीमा युवा नेता निरमुनी मैनालीको उम्मेदवारी

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

नेपाली काग्रेस प्रदेश २ को अधिवेशनमा सर्लाहीका युवा नेता निरमुनी मैनालीले महामन्त्रीमा उम्मेद्वारी दिने भएका छन् ।

नेविसंघको दुई कार्यकाल सर्लाही सभापति भइसकेका मैनाली प्रदेश २ को महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेको हो । प्रदेश २ मा देउवा टिमले कृष्णप्रसाद सिटौला टिमलाई प्रदेश अधिवेशनमा पनि समेट्दै छ । सिटौला टिमले प्रदेश महामन्त्रीमा मैनालीलाई अघि सार्ने भएको छ ।

Sponsored

सर्लाही, हरिवन निवासी युवा नेता मैनालीले नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका छोरा हुन् । सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा क बाट सर्बाधिक (लोकप्रिय) मत सहित प्रदेश अधिवेशन प्रतिनिधिमा सोमबार राति मैनाली निर्वाचित भएका हुन् ।

कांग्रेसमा युवाहरुको पहुँच वृद्धि गर्दै पार्टीमा पुनर्जागरण ल्याउनका लागि आफूले महामन्त्रीमा उम्मेद्वारीमा दिने तयारी गरेको मैनालीले बताए । मैनाली २०५७ देखि २०६४ सालसम्म नेपाल विद्यार्थी संघ सर्लाहीको अध्यक्ष रहेका थिए । उनको कार्यकालमा सर्लाहीमा विभिन्न शिक्षालयमा नेपाल विद्यार्थी संघको ईकाई कमिटीहरु गठन भएको थियो ।

विद्यार्थी राजनीतिको नेतृत्व पश्चात नेपाल तरुण दलमा समेत काम गरिसकेका मैनालीले पार्टी एवं भातृ संस्थाद्वारा राजधानी काठमाडौं देखि सर्लाही हुँदै मुलुकका विभिन्न स्थानमा आयोजना हुने हरेक क्रियाकलापमा सकृय सहभागिता जनाउँदै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *