रौतहट : मृतक नेताका परिवारलाई टिपर मालिकले १६ लाख क्षतिपुर्ति दिने, परिवारले बुझे शव
टुडेपाटी-
रौतहट, पुस ६ गते ।
रौतहटमा टिपरको ठक्करबाट मृत्यु भएका स्थानीय नेता खेदु चौधरीको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने सहमति पश्चात शव बुझेका छन् ।
गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति भएको हो । सोमबार अबेर रातिसम्म इलाका प्रहरी कार्यालय विजयपुरमा भएको छलफलमा १६ लmाख रुपैयाँ क्षतिपुर्ति दिने सहमति भएको इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए ।
क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि मृतक चौधरीको शव परिवारजनले बुझेका छन् ।
आइतबार राति साढे ८ बजे रौतहटको फतुवाविजयपुर–११ हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु भएको थियो ।
घटनापछि सोमबार दिउँसो गाउँलेहरुले दोषीको कारबाही, मृतक परिवारलाई क्षतिपुर्ति लगायतको माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरी कार्यालय माथि ढुङ्गामुढा समेत प्रहार गर्दा २ जना प्रहरी घाइते भएका छन् भने आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
Sponsored