कोरोनाबाट विश्वमा साढे ६४ हजार बढीको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो
टुडेपाटी-
काठमाडौं, चैत २३ गते ।
विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट साढे ६४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने यसबाट संक्रमित हुनेको संख्या १२ लाखभन्दा माथि पुगेको छ ।
विश्वभरको कोरोना तथ्यांक संकलन गर्ने वल्ड्रोमिटरको ताजा अपडेटअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७२ जनाको मत्यु भइसकेको छ भने यो भाइरसबाट १२ लाख ३७२ जना संक्रमित भइसकेका छन् ।
कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा अहिलेसम्म १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । दोस्रोमा स्पेनमा कोरानाले ११ हजार ९ सय ४७ जनाको ज्यान लिइसकेको वल्ड्रोमिटरको तथ्यांकमा उल्लेख छ ।
स्पेनपछि कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ ८ हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ ।