TodayPati

प्रहरी र स्थानीयबीच सहमतिपछि सिरहामा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुल्यो

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

सिरहामा छुरा हानाहानको क्रममा युवकको मृत्यु पश्चात विरोधमा आज ९आइतबार० बिहानैदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग चार घण्टपछि खुलेको छ ।

दोषीलाई पक्राउ गरी २४ घण्टाभित्र कारबाही चलाउने, मृतकलाई क्षतिपुर्तिको लागि पहल गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रहरी र स्थानीयबीच सहमति पश्चात रामाजर्ग खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

शनिबार साँझ दुई समूहबीच भएको छुरा हानाहान ९ग्यंगफाइट० मा सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन् । उनको उपचार आरके मेडिसिटी अस्पतालमा भइरहेको छ।

ुदुई समूहबीचको ग्यांग फाइटमा यो घटना भएको हो । दोषीको पहिचान भइसकेको छ । तिनीहरुलाई पक्राउ गरिसकेपछि मात्र परिचय खुलाउँछौुं, डिएसपी बुढाथोकीले भने ।

घटनाको विरोधमा डोहटियाका बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग बन्द गराउँदै प्रदर्शन गरेका थिए । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा संयौ सवारीसाधन जकथक भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *