TodayPati

युवाहरु वैदेशिक रोजगारीमा जानु अभिशाप : अर्थमन्त्री साह

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले देशका युवा वैदेशिक रोजगारीमा जानु देशको लागि अभिशाप नै रहेको बताएका छन् ।

२२ औं अन्तराष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साहले नेपाल जस्तो मुलुकबाट युवाहरु जानु अभिशाप नै रहेको बताए । उनले आफ्नो घर परिवारको समृद्धीका लागि कमाउन युवाहरु विदेश जान्छन भने त्यो देशकै लागि दुःखद रहेको बताए ।

Sponsored

मन्त्री साहले भने, ‘प्रदेश २ बाट सबैभन्दा बढी व्यक्तिहरु वैदेशिक रोजगारी जाने गरेका छन् । त्यसमध्ये पनि धनुषा सबैभन्दा बढी रहेको छ । आज आफ्नै देशमा, जिल्लामा सरकारद्धारा रोजगारीको सृजना भएको भए तिनीहरुलाई जानु पर्दैनथ्यो ।’

मन्त्री साहले अहिले देशको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान रहेको भन्दै उनले भने, ‘अहिले रेमिट्यान्स बन्द भए जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तलब दिन धौ धौ पर्छ । हामी पनि त्यसैबाट अहिले तलब पाइरहेका छौँ ।’

आप्रवासीहरुको समस्याको तर्फ सरकारको ध्यान नजानु दुःखद रहेको भन्दै मन्त्री साहले प्रदेश सरकारले यस वर्षको बजेटमा युवा स्वरोजगार कार्यक्रम राखेको जानकारी दिए । उनले यस कार्यक्रममा विदेशबाट फर्केका युवाहरुलाई प्राथमिकता दिने समेत बताए । मन्त्री साहले वैदेशिक रोजगारीमा जानेका लागि शिपको व्यवस्था र आउनेहरुका लागि रोजगारीको व्यवस्था गर्ने बताए ।

Sponsored

सेवा प्रदायी संस्था मित्र धनुषाद्वारा संचालित सुरक्षित आप्रवासन परियाेजनाकाे सहयाेगमा आयाेजित उक्त कार्यक्रममा विभिन्न विधाका प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *