प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
टुडेपाटी–
काठमाडौं, पुस ३ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।
संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने । उनले भने, ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ ।’
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
Sponsored