माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित
टुडेपाटी–
जनकपुरधाम, पुस ३ गते ।
नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र स्थगित भएको छ ।
सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र पार्टी भित्रको विवादका कारण स्थगित भएको हो । अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतवार बिहान ११ बजेसम्मका लागि पहिलो प्रदेश अधिवेशन स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
बन्दसत्रका लागि आवश्यक तयारी समेत पुरा नभएकाले बन्दसत्र स्थगित गरिएको जनाइएको छ ।
बुढाथोकीले अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिती बनाउने गृहकार्यमा जुटेको बताए ।
बन्द सत्रले २४१ सदस्यीय समिती चयन गर्नेछ भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।
Sponsored
माओवादी भित्रको विवादकै कारण पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र गरेर बन्द सत्र पुस ३ गतेका लागि निर्धारण गरिएको थियो ।
माओवादी केन्द्रको उद्घाटन सत्र मंसिर २५ गते जनकपुरधाममा भएको थियो भने बन्द सत्र सर्लाहीको लालबन्दीमा हुने निर्धारण गरिएको छ ।