TodayPati

लकडाउन थप कडाइ,अब एक पालिकाबाट अर्कोमा जान नपाइने

काठमाडौं, चैत १२ गते ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपपिछ सरकारले लकडाउनलाई थप कडा बनाएको छ।

शनिबार साँझ सम्पन्न मन्त्रिपषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

Sponsored

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

लकडाउन थप गर्ने वाा नगर्ने विषयमा अर्को मन्त्री परिषद बैठकबाट निर्णय गर्ने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *