TodayPati

कांग्रेस प्रदेश २ को स्थगित अधिवेशन पुस ६ र ७ गते हुने

टुडेपाटी–
जनकपुरधाम, पुस २ गते ।

नेपाली कांग्रेस प्रदेश २ को स्थगित अधिवेशन पुस ६ र ७ गते हुने भएको छ ।

राष्ट्रिय महाधिवेशन सकेपछि प्रदेश २ को प्रथम अधिवेशन हुने भएको छ । मतदाता नामावली प्राप्त नभएपछि प्रदेश २ को अधिवेशन अनिश्चितकालको लागि स्थगित गरिएको थियो । अन्य प्रदेशमा भने कांग्रेसको अधिवेशन महाधिवेशन अघि नै सम्पन्न भइसकेको छ ।

Sponsored

कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेशन सम्पन्न भएसँगै प्रदेश २ को अधिवेशनको मिति टुंगो लागेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *