TodayPati

काँग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित

टुडेपाटी-
जनकपुरधाम, पुस २ गते ।

नेपाली काँग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन्।

कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत पार्टी कार्यालय सानेपामा सकिएको मतगणनामा यादव निर्वाचित भएका हसनु, यादव सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए।

Sponsored

उनले शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरेका हुन्।

महेन्द्रले २०२६ मत ल्याउँदा रामकृष्णले १८२० मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। यस्तै रन्जित कर्णले ४७२ मत पाए।

८ सहमहामन्त्री मध्ये ६ वटामा देउवा समूहका उम्मेदवार निर्वाचित भएका हुन्। २ जना सहमहामन्त्रीमा कोइराला समूहले विजयी प्राप्त गर्यो। योसँगै सहमहामन्त्रीको पनि मतगणना सकिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *