सूचनाको माग गर्दै उपाध्यक्षले नै गरिन् तालबन्दी
शुभ नारायण यादव-
सप्तरी, पुस २ गते ।
विभिन्न निर्णयको प्रतिलिपीसहितको सूचना नदिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रशासकीय अधिकृतको कार्यकक्षमा उपाध्यक्षले नै तालाबन्दी गरेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव सहितले गएको बुधबार प्रशासकीय अधिकृत केशब झाको कार्यक्षमा तालबन्दी गरेकी थिइन् । तालाबन्दीसहित उपाध्यक्ष लगयतले धर्ना समेत जारी राखेका छन् ।
आर्थिक वर्ष २०७८र०८९ को राजश्व परामर्श समितिको बेठकको निर्णयको प्रतिलिपी, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको निर्णय प्रतिलिपी, बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बेठकको प्रतिलिपी, गाउँपालिकाबाट वडाहरुमा पठाएको बजेट सिलिङको पत्र र वडाहरुबाट प्राप्त भएको बजेट सिलिङको प्रतिलिपी, आर्थिक वर्ष २०७८र०७९ को गाउँ सभाको निर्णय सहितको प्रमाणित प्रतिलिपी लगायत उपलब्ध गराउनु पर्ने उपाध्यक्षको माग छ ।
यसअघि पटक पटक सूचनाको हक सम्बन्धि विभिन्न निर्णयहरुको प्रतिलिपी माग गर्दा पनि गाउपलिकाका अध्यक्ष सतिश सिंह र प्रशासकीय अधिकृत समेतले कुनै चासो नदेखाएकोले बाध्य भएर केहि कार्यपालिकाका सदस्यहरु मिलेर तालाबन्दी गर्नु परेको उपाध्यक्ष यादवको भनाइ छ ।
आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उपाध्यक्ष यादवले बताइन् ।
Sponsored