TodayPati

नेपाललाई जर्मनीबाट ४१ लाख ४२ हजार बढी डोज मोडर्ना र जोनसन एण्ड जोनसनको खोप प्राप्त

टुडेपाटी–
काठमाडौं, पुस १ गते ।

कोभ्याक्स सुविधा अन्तर्गत जर्मनीले नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जर्मनीले नेपाललाई मोडर्ना र जोनसन एण्ड जोनसन खोप उपलब्ध गराएको छ ।

Sponsored

नेपाल १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो ।

कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्राप्त भएका खोप १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने छ । स्वास्थ्य मन्त्रालयले पुस ४ गतेदेखि बालबालिकालाई खोप दिने योजना बनाएको छ ।

Sponsored

अन्य लक्षित समूहलाई पनि चाँडै नै खोप अभियान सञ्चालन गर्ने मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

नेपालमा हालसम्म लक्षित जनसंख्याको ४७.२ प्रतिशतले पूर्ण खोप लगाइसकिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *