रक्षा मन्त्री रिजालले राजीनामा दिँदै
टुडेपाटी–
काठमाडौं, पुस १ गते ।
रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको प्रारम्भिक मत परिणाम आएलगतै रिजालले राजिनामा दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’