TodayPati

२४ घण्टामै भारतमा ४ सय ७८ कोरोना संक्रमित थपिए, अवस्था झनै भयावह

टुडेपाटी
काठमाडौँ, चैत २२ गते ।

भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ। गएको २४ घण्टामा भारतमा ४ सय ७८ नयाँ कोरोना संक्रमित थपिएका छन्।

यससँगै भारतमा हालसम्म ३ हजार ८२ जनामा यसको सङ्क्रमण भेटिएको छ। प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट ८६ जनाको ज्यान गएको छ।

Sponsored

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन्। उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको चेतावनी दिएका छन्।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए। भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदीले बताएका थिए। एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *