TodayPati

शिर झुकाउँछौं, तर नेपालसँगको सम्बन्ध बिगार्दैनौं : भारतीय रक्षामन्त्री सिंह

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सुमधुर सम्बन्ध कायम राख्न आवश्यक परे आफूहरू शिर झुकाउन पनि तयार रहेको बताएका छन्।

नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै भारतीय रक्षामन्त्री सिंहले तर आफ्नो छिमेकीको सम्बन्ध कुनै हालतमा टुट्न नदिने बताएका हुन् ।

Sponsored

‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म भन्न चाहन्छु– हामीले हाम्रो शिर झुकाउनुपर्यो भने झुकाउछौं, तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं’ बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले भने ।

नयाँ नक्सा र तुइन काण्डका कारण नेपाल–भारतबीच सम्बन्ध चिसिरहेका बेला भारतीय रक्षामन्त्री सिंहको यस्तो अभिव्यक्ति आएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *