उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी जसपा हो : मुख्यमन्त्री राउत
टुडेपाटी–
सर्लाही, मंसिर २७ गते ।
मुख्यमन्त्री लालबाबु राउतले मुलुकभरिकै उत्पीडित समुदाय को प्रतिनिधित्व गर्ने एक मात्र पार्टी जनता समाजवादी पार्टी रहेको बताएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १७ को नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले जसपा नेतृत्वको प्रदेश २ सरकाले पछिल्लो ४ बर्षमा गरेको जनपक्षीय कार्यहरुले उत्पीडित बर्गहरुको प्रतिनिधित्व गरि रहेको प्रमाणित गरि सकेको दावी गरे ।
उत्पीडित वर्गको उत्थानको लागी प्रदेश सरकारले प्रदेशमा बसोवास गर्ने, दलित, महिला, मुस्लिम, मधेशी, आदिवासी जनजाति लगायतका समुदायहरुको लागी जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गरि सकेको उनले उल्लेख गरे ।
प्रदेश सरकारले ल्याएको दलित सशक्ती करण ऐनले दलितहरुको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको दावी गर्दै उनले कोरोनाको कारण अबरुद्ध भएको छोरी शिक्षा विमा चाडै शुरु हुने प्रतिबद्धता समेत व्यक्त गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्त जनता समाजबादी पार्टी र प्रदेश २को सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेशको अधिकार कुण्ठित गर्ने संघीय सरकार विरुद्ध संघर्ष गर्ने एकमात्र प्रदेश २ को सरकार रहेको दावी गरे ।
Sponsored
संघीयता समाप्त गर्ने कुत्सित मनसाय बोकेकाहरु संघीयताको पहरेदारको रूपमा रहेको प्रदेश–२ सरकार विरुद्ध विभिन्न षड्यन्त्र गरि रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता व्यक्ति र समूहहरु बाट सचेत रहन आम जनता लाई आग्रह समेत गरे ।
राम विश्वास यादव को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अशोक यादव, संजय यादव, जसपा प्रदेश उपाध्यक्ष राम पृत पासवान, स्थानीय द्रबानन्द झा, जिल्ला सचिव जय प्रकाश यादव सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।