TodayPati

सोनललाई नै महन्त ठाकुरले विभिन्न पद दिएको भन्दै लोसपमा विद्रोहको संकेत

टुडेपाटी
जनकपुरधाम, मंसिर २६ गते ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गरेसँगै पार्टीभित्र विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष महन्त ठाकुरले लोसपा प्रदेश २ का संसदीय दलका नेता सोनललाई प्रदेश अध्यक्षमा नियुक्त गरेसंगै विवाद चुलिएको हो ।

Sponsored

पूर्वमन्त्री समेत रहेका सोनललाई प्रदेश अध्यक्षमा नियुक्त गरेकोप्रति पार्टीले भित्रकै एक समूहले सो निर्णय सच्याउन माग गरेको हो ।

एकै व्यक्तिलाई पटक पटक विभिन्न पदमा दोहोर्याएकोमा लोसपाकै ३० जनाले सामूहिक विज्ञप्ति निकाल्दै विरोध गरेका छन् ।

लोसपाले विभिन्न जिल्लामा चयन गरेका अध्यक्ष र प्रदेशको अध्यक्षमा सोनलको नियुक्ति विरुद्ध उनीहरु पार्टी नेतृत्वप्रति आक्रोशित बनेका छन् ।

Sponsored

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा पार्टी नेतृत्वपंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरि पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेको भन्दै आफूहरुलाई उक्त निर्णय मान्य नभएको जनाइएको छ ।

पार्टीमा सामूहिक छलफल नगरी एकलौटी निर्णय गरिएको भन्दै उनीहरुले आगामी दिनमा सामूहिक रुपमा निर्णय गर्न पनि सुझाव दिएका छन् ।

उनीहरुले पछिल्ला निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

असन्तुष्ट नेता उमेश मण्डलले नेताहरुको दोहोरो चरित्रका कारण पार्टी धरासायी भएको आरोप लगाउदै नेतामुखी पार्टीले कार्यकर्ता र जनताका समस्यालाई बेवास्ता गरे पार्टी नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *