लोसपा धनुषाको अध्यक्षमा साह
टुडेपाटी–
जनकपुरधाम, मंसिर २४ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्रव साहलाई मनोनयत गरिएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ का सांसद समेत रहेका साहलाई जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् ।
देश, मधेश एवं पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुने भन्दै साहलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।
त्यस्तै अध्यक्ष ठाकुरले महोत्तरी जिल्ला अध्यक्षमा राम बाबु साहलाई मनोनयन गरेका हुन् ।
अध्यक्ष ठाकुरले उमाकान्त झालाई धनुषाको पर्यवेक्षक र अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा मनोनयन गरेका हुन् ।
Sponsored