सर्लाहीमा काँग्रेसको अधिवेशन सम्पन्न
टुडेपाटी–
सर्लाही, मंसिर २३ गते ।
नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
विवादको कारण हुन नसकेको अधिवेशन सम्पन्न भएका हो ।
क्षेत्र नम्बर ४ को यसअघि नै घोषणा भइसकेको थियो भने क्षेत्र नम्बर १ र २ को घोषणा भएको छ । क्षेत्र नम्बर ३ को मतगणना कार्य जारी रहेको छ ।
काँग्रेसका नेता राजकुमार महतोको अनुसार क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हरि लुगेंली भएका छन् भने क्षेत्र नम्बर २ मा कौशल किशोर राय क्षेत्रीय सभापति भएका छन् ।
दुवै क्षेत्रमा २५–२५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसमा देउवा गुटको संख्या बढी रहेको सर्लाहीका एक नेताले बताए ।
Sponsored