माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरमा हुने
टुडेपाटी–
जनकपुरधाम, मंसिर २३ गते ।
नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ ।
आगामी मंसिर २५ गते (शनिबार ) जनकपुरमा हुने उद्घाटनसत्रको लागि तयारी तिव्र पारिएको माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार उद्घाटनसत्रको सम्बोधन भर्चुअल मार्फत केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने छन् ।
प्रचण्डका अलावा माओवादीका यस प्रदेशबाट स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक बुढाथोकीले बताए ।
Sponsored
उनका अनुसार अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै एकहजार जना अधिवेशन प्रतिनिखधि सहभागि हुने छन् । १३६ पालिकबाट ६ सय, आयोजक र मनोनित गरी एकहजार प्रतिनिधि अधिशनमा भाग लिने छन् ।
प्रदेश २ मा ३६ पालिका मध्ये हालसम्म ७५ प्रतिशतमा पालिका अधिवेशन सम्पन्न भएको छ भने २५ प्रतिशतमा बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
भोलिसम्मा करिब करिब सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जनाएको छ ।