TodayPati

सिरहामा लकडाउन अवज्ञा गर्दै लागुऔषध तस्करी, प्रहरी देखेर भाग्न खोजेपछि दुर्घटना

टुडेपाटी-
सिरहा, चैत २१ गते ।

देश नै लकडाउन भएको अवस्थामा पनि लागुऔषध तस्करी गर्ने क्रम रोकिएको छैन । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

Sponsored

दुवैजना बिहीबार मोटरसाइकल चढी आउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । भाग्ने क्रममा दुर्घटना हुँदा नागेन्दै गम्भीर घाइते भएका छन् ।

उनलाई थप उपचारको लागि विराटनगर नर्सिंग होम पठाइएको र लालु खानलाई लागुऔषध डाइलेक्स डिसि १०० एमएलको ४६ बोतल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *