सीता र रामको विवाह सम्पन्न, आज राम कलेवा मनाइँदै
टुडेपाटी-
जनकपुरधाम , मंसिर २३ गते ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधबार राति राम र सीताको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो ।
साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो । विवाह अघि हिजो दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरि नगर परिक्रमा गरेको थियो । दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।
विवाहपञ्चमीको अन्तिम दिन आज आयोध्या लगायत ठाउँबाट जन्तीको रुपमा आएका साधुशन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर विदाई गरिनेछ । साधुशन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई, गाली गीतले स्वागत गर्ने कार्यक्रम रहेको जान्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । यो परम्परालाई रामकलेवा भनिन्छ ।
जन्तीका रुपमा आएकाब साधुशन्तलाई चादर, कम्बल र दक्षिणा रुप केहि रुपियाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गर्ने प्रचलन छ ।
यस दिनमा राम सीता ,लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि विदाई गर्ने प्रचलन रिहिआएको छ ।
रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ ।
Sponsored
त्रेता युगमा मर्यादा पुरुषेत्तम भग्वान राम र आदर्श नारी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरा सातदिनसम्म रामजानकी विवाहपञ्चमी मोत्सव भव्यताको साथ मनाईन्छ । मंसिर १७ गते शुरु भएको सप्ताहव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फुलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी र सातौं अतर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
सीता र रामको स्वयम्वर र विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौं दर्शनार्थी घर फर्किन थालेका छन् ।