भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनाग्रस्त, संसदमा रक्षामन्त्री जानकारी दिने
टुडेपाटी–
जनकपुरधाम, मंसिर २२ गते ।
भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
हेलिकप्टरमा सवार १४ मध्ये ११ जनाको शव बरामद गरिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
दुर्घटनासम्बन्धमा भारतीय रक्षामन्त्री राजनाथ सिंह संसदमा दुर्घटनाको बारेमा जानकारी गराउनेछन् ।
बुधरवार तमिलनाडुको कुन्नूरमा सेनाप्रमुख विपिन रावत सवार भएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टरमा रावतसँगै उनकी श्रीमती र सेनाका अन्य अधिकारीहरु रहेका थिए ।
Sponsored